दुई वर्षपछि अध्यक्ष ओली प्रचण्ड निवासमा( तस्बिर सहित )

काठमाडौं , १३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुग्नु भएको छ ।

प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै प्रचण्ड निवास पुग्नु भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । अहिले उहाँहरूबिच बार्ता भइरहेको छ । भेटवार्तामा सरकार सञ्चालन, विस्तारलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

ओली दुई वर्षपछि प्रचण्ड निवास पुग्नु भएको हो । यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गर्नुभएको थियो ।