डडेल्धुरामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न

डडेल्धुरा, १३ पुस । डडेल्धुराकाे गन्यापधुरा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट तीन सय सात जना लाभान्वित भएका छन् ।

कैलपालमाण्डौ स्वास्थ्य चौकीमा वडा नं ४ र ५ को आर्थिक सहयोग र नेपाल नेत्र ज्योति सङ्घ, गेटा आँखा अस्पताल र जिल्लास्थित आँखा अस्पतालको प्राविधिक सहयोगमा एकदिने शिविर आयोजना गरिएको थियो ।

आँखाको उपचार गराउन जिल्ला सदरमुकाम डडेल्धुरालगायत अन्य अस्पताल जान नसक्ने ज्येष्ठ नागरिक तथा आर्थिक अभावले उपचार गर्न नसक्ने स्थानीयवासीले गाउँमै निःशुल्क शिविरबाट सेवा लिएका हुन् ।

यसैबिच गाउँपालिकाले चाँडै शल्यक्रियासहित आँखाको उपचार गराउन शिविर आयोजना गर्ने
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।