इलामको प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित

इलाम, १५ पुस । इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ । स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ ।

यसअघि अस्पतालले स्वास्थ्य जाँच र आकस्मिक सेवा मात्र दिँदै आएकामा बिरामी भर्ना गरी उपचार पनि गरिने भएको छ । नगर प्रमुख रणबहाुदर राईले उक्त अस्पताल शुभारम्भ गर्दै नगरपालिकाले दरबन्दी सिर्जना र सङ्गठनात्मक संरचनासमेत पारित गरिसकेको बताउनुभयो ।

“आकस्मिक अवस्थामा र बिरामी हुँदा सूर्योदय तथा आसपासका क्षेत्रका बासिन्दा झापा जानुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ”, उहाँले भन्नुभयो, “भौगोलिकरुपमा यस नगरपालिका दुर्गम भएपनि सबै वडामा जान सक्नेगरी बाटो निर्माण गरी केही दिनभित्र एम्बुलेन्स पनि अस्पताललाई हस्तान्तरण गरिनेछ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *