भाषण कम, जनताको सेवा धेरै गर्छु : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषण कम, जनताको सेवा धेरै गर्ने बताएका छन् ।
भरतपुरको नारायणी नमूना माविको हिरक महोत्सव उद्घाटन गर्दै उनले देशलाई अर्थिक संकटबाट पार लगाउनेगरी काम गर्न भाषण कम गरेर जनताको सेवा धेरै गर्ने बताएका हुन् ।
‘मैले बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन । म भाषण कम काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु’ उनले भने । ‘जनतालाई पिर मर्कामा पार्ने कुनै पनि निर्णयमाथि मैले कठोर कदम चलाएर जनता र राष्ट्रको पक्षमा नै जाने संकल्प लिएको छु।’