अंग्रेजी नयाँ वर्षले शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री दाहाल

काठमाडाैं, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी शुभकामना दिनुभएकाे हाे ।

प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको पनि आह्वान गर्नुभएको छ ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ ।