जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु
जुम्ला, २० पुस । जुम्लामा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
जुम्लाकाे तिला गाउँपालिका ६ घोडेगाउँ निवासी वर्ष २५ वर्षीय रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।
मङ्गलबार दिउँसो घरबाट दाउरा सङ्कलन गर्न जङ्गल जाँदा भिरबाट लडेर घाइते भएको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।