दिउँसै लालटिन बालेर माइतीघरमा बादशाह खोज्दै रुविहरु (भिडियो रिपोर्ट)

काठमाडौं, २४ पुस । पुस अन्तिम हप्ताको चिसो मौसमा सिंहदरवार नजिकै रहेको माइतीघर मण्डला परिसरमा मैत्रीन्युजको टिम पुग्दा करिब २ दर्जन जति मानिसहरु दिउँसै माइतीघर मण्डलामा लालटिन बालेर सरकारसँग न्याय मागिरहेका थिए । त्यहि भीडमा हुनुहन्थ्यो महिला अधिकारकर्मी रुवि खान पनि । उहाँहरु ११ दिनदेखि नियमित यही चिसो भूईँमा धर्ना बसेर न्याय मागिरहनु भएको रहेछ ।

बाँकेको नेपालगञ्ज उपमहानगपालिका १७ कि निर्मला कुर्मीका श्रीमानको ६२ सालमा मृत्यु भयो । त्यसपछि कुर्मी आफ्ना दुइ छोरासँग बसिरहनु भएको थियो । ०६६ मंसिरमा १० दिनको अन्तरालमा दुई छोराको पनि रहस्यमय मृत्यु भयो । त्यसपछि निर्मलाका श्रीमान र छोराको नाममा रहेको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले जग्गाको लालपुर्जा र निर्मलाको नागरिकता लगिदिए । त्यसपछि कुर्मी वेपत्ता भइन ।

अहिले तीनै बादशाहको विरुद्धमा खानहरु दिउँसै लालटिन बालेर काठमाडौँमा न्याय मागिरहनु भएको छ । तर, बादशाह गत मंसिर ४ को निर्वाचनबाट जनप्रतिनिधिको हैसियतमा लुम्बिनी प्रदेश सांसद निर्वाचित भए । अहिले बादशाह कांग्रेसको तर्फबाट निर्वाचित सांसदको हैसियतमा छन् । अनि रुवीहरु न्यायका लागि लालटिन बालेर सिंहदरवार अघि धर्नामा छन् ।

अहिले तीनै बादशाहको विरुद्धमा खानहरु दिउँसै लालटिन बालेर काठमाडौँमा न्याय मागिरहनु भएको छ । तर, बादशाह गत मंसिर ४ को निर्वाचनबाट जनप्रतिनिधिको हैसियतमा लुम्बिनी प्रदेश सांसद निर्वाचित भए । अहिले बादशाह कांग्रेसको तर्फबाट निर्वाचित सांसदको हैसियतमा छन् । अनि रुवीहरु न्यायका लागि लालटिन बालेर सिंहदरवार अघि धर्नामा छन्

हरेक दिन कंलकीबाट पैदल यात्रापछि माइतघर आइपुग्ने र १० बजेदेखि ५ बजेसम्म धर्ना बस्ने उहाँहरुको दैनिकी बनेको छ । बिरोध प्रदर्शनमा रहनु भएकी महिला अधिकारकर्मी रुबी खान सरकार आफूले गरेका वाचा र प्रतिवद्धताबाट बारम्बार पछि हटिरहेका कारण पटक–पटक धर्ना बस्न बाध्य भएको ताउनुहुन्छ । नेपाली कांग्रेसका नेता बादशाह कुर्मीको विरुद्धमा उजुरी परेको छ । तर, सम्वन्धित निकाय मौन छ ।

धर्ना स्थलमा थकित चेहरामा भेटिनु भएकी अधिकारकर्मी रुवी भन्नुहुन्छ । न्याय पाउनका लागि हामी तेस्रो पटक यहाँ धर्नामा बसेका छौँ । उहाँले आफू अघिल्तिरको लालटिनतिर संकेत गर्दै भन्नुभयो । हामी दिउँसै लालटिन बालेर न्याय खोजिरहेका छौँ । उहाँले यस अघि पनि २०७८ साल असोज १ देखि २० गतेसम्म नेपालगञ्जदेखि हिँडेर काठमाडौं आएर न्याय मागेको स्मरण गराउनुभयो ।

धर्ना स्थलमा थकित चेहरामा भेटिनु भएकी अधिकारकर्मी रुवी भन्नुहुन्छ । न्याय पाउनका लागि हामी तेस्रो पटक यहाँ धर्नामा बसेका छौँ । उहाँले आफू अघिल्तिरको लालटिनतिर संकेत गर्दै भन्नुभयो । हामी दिउँसै लालटिन बालेर न्याय खोजिरहेका छौँ । उहाँले यस अघि पनि २०७८ साल असोज १ देखि २० गतेसम्म नेपालगञ्जदेखि हिँडेर काठमाडौं आएर न्याय मागेको स्मरण गराउनुभयो ।

उहाँले महिलाहरुको बाँच्न पाउने मानवअधिकार हनन् भएको भन्दै दुई–दुई पटक वार्ता गर्दा पनि अलमल्याउने काम मात्रै भएको र न्याय नपाएको गुनासो गर्नुभयो ।
महिलाका मुद्धामा राज्य संवेदनशील नभएको उहाँको गुनासो छ । उहाँले न्याय नपाएपछि लालटिन बालेर न्याय खोजेको बताउनुभयो । विगत ३ वर्षदेखि न्यायका लागि सडकमा आउँदा समेत न्याय नपाएको उहाँको भनाई छ ।

हो, रुवीहरुले न्याय माग्न थालेपछि पटक–पटक सरकार फेरिएको छ तर न्याय हात परेको छैन । पूर्वप्रधानमन्त्री शेहबहादुर देउवासँग उनीहरुले वार्ता गर्दा देउवाले बादशाहलाई कुनै पनि जिम्मेवारी नदिने र अन्यायमा परेकाहरुलाई न्याय दिने बाचा गर्नुभएको थियो । तर, अहिले कांग्रेसकै कोटामा बाहशाह सांसद बन्नुभएको छ । यसप्रति पनि रुविहरुको गुनासो छ ।

कुराकानीको अन्ततिर रुविले हजारौँ निर्मलाहरुको न्यायका लागि आफू लडिरहेको बताउनुभयो । धर्नास्थलमै भेटिनु भएकी गुर्गी केरीको व्यथा पनि मुटुचिरिने खालको छ । उहाँ पनि बादशाहहरुबाटै पीडित हुनुहुँदो रहेछ । उहाँसँग पनि कुराकानी गर्न खोज्दा उहाँ भक्कानिनु मात्रै भयो । धेरै कुरा गर्न सक्नु भएन । हो, निर्मला मात्रै होइन पीडितले न्याय पाउनुपर्छ । सिंहदरबारको नाकैमुनीको रुविहरुको चित्कार राज्यले सुन्ला या नसुन्ला त्यो भने प्रतिक्षा नै गर्नुपर्छ ।