खार्पुनाथलाई स्वास्थ्य विभागको १५ लाख ६५ हजारको स्वास्थ्य सामग्री सहयोग
हुम्ला,२५ पुस । हुम्लाको खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
स्वास्थ्य विभागले १५ लाख ६५ हजार ९६ बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालय हुम्लामार्फत खार्पुनाथ गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले भिडियो एक्सरे, स्वाव परीक्षण मेसिन, प्रिन्ट मेसिनलगायतका सामग्री स्वास्थ्य गाउँपालिकाका शाखा प्रमुख बलिराज भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य सामग्री प्राप्त भएसँगै खार्पुनाथ गाउँपालिकाले यसअघि दिँदै आएको स्वास्थ्य सेवामा थप प्रभावकारी हुने जनाइएको छ । स्वास्थ्य शाखा प्रमुख शाहीले विशेषगरी गर्भवतीको स्वास्थ्य परीक्षण गर्न भिडियो एक्सरेले सहयोग पुग्ने बताउनुभयो ।
यसअघि भिडियो एक्सरे सेवा लिन सदरमुकाममा रहेको जिल्ला अस्पतालमा धाउनुपर्ने अवस्था रहेको थियो ।