घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं, २९ पुस । केही समय अघि एमाले परित्याग गरेका नेता घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।

निरन्तरको छलफलपछि भुसाल आज शुक्रबार समाजवादी पार्टी प्रवेश गर्न लागेका हुन्।

भुसाललाई आज दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराउने छन् ।

भुसाललाई पार्टीमा ल्याउन समाजवादीले महत्त्वपूर्ण र सम्मानजन जिम्मेवारी दिने जनाउँदै ‘स्वागत पत्र’ पठाएको छ। बुधबार साँझ स्वागत पत्र पठाएको हो। उनलाई पार्टीमा ल्याएर महासचिवको जिम्मेवारी दिने तयारी छ।

मंसिर ४ गते भएको चुनावमा अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि उनले पार्टी परित्याग गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *