उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगरले गराइन् उम्मेदवारी दर्ता

काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरलले उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएकी छिन् ।

आज बिहान बसेको रास्वपाको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्ता गठबन्धन दलको समर्थनमा रानाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

सात दलीय सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्रको भागमा उपसभामुख परेको छ।

उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थकमा छन् ।