अनेरास्ववियुको गौरवपूर्ण इतिहासः २३ औं महाधिवेशनबाट २६ औँ नेतृत्वका लागि यस्ता छन् पदाधिकारीका आकाङ्क्षी
काठमाडौं, १८ माघ । वि.सं. २०२२ साल जेठमा विष्णुमती नदी किनाराको सानो बस्तीमा काठमाडौंकै शान्ति निकुञ्ज माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी सुजन खरेल (आत्माराम खरेल) को संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरी विधिवत् रुपमा स्थापना भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो स्थापनाको ५७ वर्ष पूरा गर्दैछ ।
गौरवपूर्ण इतिहास बोकेको अनेरास्ववियुले त्यो इतिहासदेखि अहिलेसम्म २२ वटा सम्मेलन, अधिवेशन, महाधिवेशन सम्पन्न गरेको छ । यो संगठनको २०७२ सालमा काठमाडौंमा सम्पन्न २२ औँ महाधिवेशनबाट नविना लामा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । ०७४ को संसदीय निर्वाचनपछि लामा संघीय सांसद बनेसँगै अखिलका महासचिव ऐन महर अध्यक्ष बन्नुभयो । महर एमाले केन्द्रीय सदस्यसँगै गत मंसिर ४ को निर्वाचनमा बझाङबाट एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको थियो । उहाँ थोरै मतले पराजित हुनुभयो ।
महरपछि अहिले अखिलको अध्यक्षमा सुनिता बराल हुनुहुन्छ । दुई–दुई वर्षमा हुनुपर्ने अनेरास्ववियुको २२ औँ महाधिवेशन भएको करीब ८ वर्षपछि २३ औँ महाधिवेशन फागुन २ देखि ४ सम्म काठमाडौंमा गर्ने निर्णय भएको छ । २३ औं महाधिवेशनबाट २६ औँ अध्यक्ष छान्ने तयारीसहित निर्वाचनको मैदानमा होमिएको अनेरास्ववियुमा अहिले मुख्य गरेर अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवका प्रतिस्पर्धी बढी देखिएका छन् ।
२३ औं महाधिवेशनबाट २६ औँ अध्यक्ष छान्ने तयारीसहित निर्वाचनको मैदानमा होमिएको अनेरास्ववियुमा अहिले मुख्य गरेर अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवका प्रतिस्पर्धी बढी देखिएका छन्
उतिबेलाको उर्जाशील अखिल र अहिलेको अखिल
२३ औं महाधिवेशनबाट २६ औँ अध्यक्ष चुन्ने प्रक्रियामा रहेको अनेरास्ववियुमा अहिले नेतृत्वका लागि आकाङ्क्षीहरुको चर्चा गर्नु अघि अखिल नेतृत्वबारे पहिला यहाँ केही चर्चा गरौँ । संस्थापक अध्यक्ष खरेल अहिले जिवित हुनुहुन्न । चौथो सम्मेलनबाट अध्यक्ष निर्वाचित मुकुन्दबहादुर श्रेष्ठ र १२ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित रामनाथ ढकाल पनि जिवित हुनुहुन्न । ०५४ मा नेकपा (एमाले) विभाजन भएर माले बन्दा रवीन्द्र अधिकारी माले निकट अनेरास्ववियूको अध्यक्ष हुनुहुन्थ्यो ।
उहाँ १५ औँ राष्ट्रिय सम्मेलनबाट माले निकट अनेरास्ववियुको अध्यक्ष हुनुभएको थियो । पर्यटनमन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि अधिकारीसहित पर्यटन क्षेत्रका ६ जना चढेको हेलिकोप्टर दुर्घटनामा प¥यो र उहाँको त्यहि निधन भयो ।
०२५ सालमा काठमाडौँमा सम्पन्न दोस्रो सम्मेलनबाट अध्यक्ष बन्नुभका विश्वकान्त मैनाली नेपाल बार एशोसियसनको अध्यक्ष समेत बन्नुभएको थियो । अहिले उहाँ राजनीतिमा धेरै सक्रिय हुनुहुन्न । ०२६ सालमा ललितपुरमा सम्पन्न तेस्रो सम्मेलनबाट अध्यक्ष बन्नुभएका गोविन्दमान श्रेष्ठ अहिले राजनीतिबाट पलायन भएर अमेरिकातिर रहेको भन्ने जानकारी प्राप्त भएको छ । सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित रामप्रसाद ज्ञवाली पनि अहिले राजनीतिमा सक्रिय हुनुहुन्न । सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक रहनु भएका गौरी प्रधान अहिले बालअधिकारका क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक रहनु भएका गौरी प्रधान अहिले बालअधिकारका क्षेत्रमा सक्रिय हुनुहुन्छ
०४२ सालमा काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनबाट अध्यक्ष बन्नुभएका झापाका चन्द्र भण्डारी पनि अहिले राजनीतिमा सक्रिय हुनुहुन्न । उहाँ सञ्चार उद्यमीका रुपमा परिचित हुनुहुन्छ । पाँचौ राष्ट्रिय सम्मेलन तयारी समितिको संयोजक रहनु भएका टंक कार्की ०३६ मा पुनर्गठित पाँचौ राष्ट्रिय सम्मेलन तयारी समितिको पनि संयोजक बन्नुभएको थियो ।
काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बन्नुभएका कार्की चीनका लागि नेपाली राजदूत बन्नुभएको थियो । अहिले उहाँ एमालेको केन्द्रीय सदस्य हुुनुहुन्छ । ०४८ सालमा पोखरामा सम्पन्न ११ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित शंकर पोखरेल अहिले एमालेको महासचिव हुनुहुन्छ । त्यस्तै विराटनगरमा ०५२ मा सम्पन्न १३ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित योगेश भट्टराई अहिले एमालेको सचिव र सांसद हुनुहुन्छ ।
०४४ मा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित तुलबहादुर गुरुङ ०४६ सालमा सम्पन्न दशौँ महाधिवेशनबाट पुनः अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ अहिले एमालेबाट विभाजन भएको नेकपा (समाजवादी) मा हुनुहुन्छ । त्यस्तै कीर्तिपुरमा ०५९ मा सम्पन्न १६ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित राजेन्द्र राई ०६१ मा विरगञ्जमा सम्पन्न १७ औँ राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
कीर्तिपुरमा ०५९ मा सम्पन्न १६ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित राजेन्द्र राई ०६१ मा विरगञ्जमा सम्पन्न १७ औँ राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्ष निर्वाचित हुनुभएको थियो
उहाँ पनि अहिले समाजवादीमै हुनुहुन्छ भने प्रदेश एकको निवर्तमानमुख्यमन्त्री हुनुहुन्थ्यो । उहाँ भोजपुरबाट फेरि प्रदेश सांसद निर्वाचित हुनुभएको छ । ०६५ मा पोखरामा सम्पन्न १८ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष निर्वाचित रामकुमारी झाँक्री पनि अहिले समाजवादीमै हुनुहुन्छ । उहाँ गुल्मी क्षेत्र नम्बर–२ मा गठबन्धनका तर्फबाट निर्वाचन लडे पनि उहाँ पराजित हुनुभयो ।
०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाबाट प्रदेश सांसद बन्नुभएका अरुण नेपाल बागमती प्रदेशको पूर्वमन्त्री पनि हुनुहुन्छ । उहाँ ०५३ मा अनेरास्ववियुको आन्तरिक विवादका कारण पुनर्गठन भएको अनेरास्ववियुको अध्यक्ष बन्नुभएको थियो । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की अहिले एमालेको स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँ पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्रीको समेत जिम्मेवारीमा हुनुहुन्थ्यो । कार्की ०५४ मा एमाले र माले विभाजनपछि एमाले निकट अनेरास्ववियुको १४ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
रुपनारायण क्षेष्ठ माले–एमाले विभाजनपछि अध्यक्ष बन्नुभएको हो । उहाँ भट्टराईपछि अध्यक्ष बन्नुभएको हो । एमाले पोलिटव्युरो सदस्य खिमलाल भट्टराई ०६१ साल असोज १७ देखि २१ सम्म विराटनगरमा सम्पन्न अनेरास्ववियुको १७ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बन्नुभएको थियो । उहाँ नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको पूर्व नेता हुनुहुन्छ ।
चितवनमा ०६३ सालमा सम्पन्न अनेरास्ववियुको १८ औँ महाधिवेशनबाट अध्यक्ष बन्नुभएका ठाकुर गैरे पाल्पाबाट गत मंसिर ४ मा सम्पन्न निर्वाचनपछि सांसद निर्वाचित हुनुभएको छ । रामकुमारी झाँक्रीपछि जनकपुरमा ०६७ मा सम्पन्न २० औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित माधव ढुंगेल अहिले एमाले केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ राष्ट्रिय युवा परिषद्को संस्थापक कार्यकारी उपाध्यक्ष हुनुहुन्छ ।
०६७ मा सम्पन्न २० औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित माधव ढुंगेल अहिले एमाले केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ राष्ट्रिय युवा परिषद्को संस्थापक कार्यकारी उपाध्यक्ष हुनुहुन्छ
एमाले केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनु भएका किशोर विक्रम मल्ल काठमाडौँमा सम्पन्न अनेरास्ववियुको ०७० मा सम्पन्न २१ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो । २०७२ फागुनमा काठमाडौँमा सम्पन्न २२ औँ महाधिवेनबाट अध्यक्ष निर्वाचित नविना लामा एमालेको केन्द्रीय सदस्य तथा पूर्व सांसद पनि हुनुहुन्छ । उहाँ ०७४ को निर्वाचनमा एमालेका तर्फबाट समानुपातिक सांसद बन्नुभएको हो । लामापछि अनेरास्ववियुको अध्यक्ष बन्नुभएका महर पनि अहिले एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।
नेतृत्वका लागि क–कस्को दाबी ?
करीब ८ वर्षपछि हुन लागेको महाधिवेशनसँगै अहिले अनेरास्ववियुमा नेतृत्वको होडबाजी गज्जबको देखिन थालेको छ । कुनै समय ‘अनेरास्ववियु सिर्जनाको संवाहक मात्रै होइन विद्रोहको बन्दुक पनि हो’ नारा निकै चर्चामा थियो । हुन पनि कुनै बेला विद्यार्थी आन्दोलनको मूल प्रवाह अनेरास्ववियु सिर्जनाको संवाह र विद्रोहको बन्दुक जस्तै थियो ।
कलम र तारा अंकित रक्तरञ्जित झण्डा बोकेर हिँडेको अनेरास्ववियुको गौरवपूर्ण इतिहास निकै स्वर्णिम देखिन्छ । यद्यपि, वर्तमान अवस्थालाई मूल्याङ्कन गर्ने हो भने विद्यार्थी आन्दोलन मात्रै सिथिल बनेको छैन । अनेरास्ववियु पनि कमजोर बन्दै गएको छ । सिर्जनात्मक क्षमता सिथिल बन्दै गएको छ भने विद्रोहको बन्दुकमा ओस पसे जस्तो भएको छ ।
कलम र तारा अंकित रक्तरञ्जित झण्डा बोकेर हिँडेको अनेरास्ववियुको गौरवपूर्ण इतिहास निकै स्वर्णिम देखिन्छ । यद्यपि, वर्तमान अवस्थालाई मूल्याङ्कन गर्ने हो भने विद्यार्थी आन्दोलन मात्रै सिथिल बनेको छैन । अनेरास्ववियु पनि कमजोर बन्दै गएको छ
कुनै समय सडकको बाघको परिचय बनाएको अनेरास्ववियुको त्यो शक्ति पछिल्लो समय स्खलित हुँदै जान थालेको दुखद् वर्तमान पनि साक्षी छ । त्यति मात्रै होइन अनेरास्ववियुको विद्रोही चेतनामा पनि हरियो दुवोले छपक्क छोपेको चौरमा तुसारो परे जस्तो भएको छ । पार्टीका लागि सबै भन्दा उर्वर नर्सरीका रुपमा परिचित अनेरास्ववियुलाई आगामी दिनमा जुरुक्क उचाल्ने र रचनात्मक, सिर्जनात्मक क्षमतासहितको दर्विलो अखिल बनाउने जिम्मेवारी अखिलको काँधमा छ । हो, यहि अदम्य आँटसहित यो पटक अनेरास्ववियु नेृत्वका लागि करीब एक दर्जनले आकाङ्क्षा देखाएका छन् ।
अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहनु भएका इञ्चार्ज माधव ढुंगेल यो पटक महाधिवेशन तोकिएकै मिति र समयमा भव्य रुपमा सम्पन्न हुने बताउनुहुन्छ । उहाँले मैत्रीन्युजसँग कुराकानी गर्दै महाधिवेशनको भब्य तयारी भैरहेको भन्दै व्यवस्थापन समिति काममा तिव्र गतिका साथ लागेको जानकारी दिनुभयो । उहाँले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने र नभए स्वस्थ्य प्रतिस्पर्धाका साथ नेतृत्व छनोट प्रक्रिया अघि बढ्ने जानकारी पनि दिनुभयो ।
‘हामी लामो समयदेखिको गुटबन्धिको शिकार भएर यहाँसम्म आइपुगेका छौँ,’ ढुंगेलले भन्नुभयो, ‘अब अनेरास्ववियुको नेतृत्व छनोटमा गुटबन्धी हावी हुँदैन । तर, साथीहरुको योग्यता क्षमता निरन्तरतालाई हेरेर स्वस्थ्य प्रतिस्पर्धालाई हामी यो पटक खुला छाड्छौँ ।’ गुटबन्धीका नाममा एकले अर्काको खुट्ट तान्ने प्रवृत्ति हावी भए त्यसलाई भने स्वीकार गर्न नसकिने उहाँले चेतावनी समेत दिनुभयो ‘नेतृत्वमा सहमति नभए स्वस्थ्य प्रतिस्पर्धा हुन्छ ।
नेतृत्वको आकाङ्क्षामा रहनु भएका साथीहरुले अहिले विदा लिएर उचित जिम्मेवारीको अपेक्षा गर्नुभयो भने हामी त्यसका लागि सकारात्मक हुन्छौँ,’ उहाँले भन्नुभयो । प्रतिस्पर्धामा सहभागी हुन्छौँ । जिते संगठनको नेतृत्व गर्छौ भन्नुभयो भने पनि उहाँहरु प्रतिस्पर्धाबाट बाहिरिएको अवस्थमा योग्यता, क्षमता र निरन्तरतालाई हेरेर जिम्मेवारी दिने कुरामा हामी सकारत्मक नै हुन्छौँ ।
जिते संगठनको नेतृत्व गर्छौ भन्नुभयो भने पनि उहाँहरु प्रतिस्पर्धाबाट बाहिरिएको अवस्थमा योग्यता, क्षमता र निरन्तरतालाई हेरेर जिम्मेवारी दिने कुरामा हामी सकारत्मक नै हुन्छौँ
ढुंगेलले दिएको जानकारी अुनसार विधान अनुरुप यो पटक अखिलमा १७ सदस्यीय पदाधिकारी हुनेछ । जसमा उपाध्यक्ष ४ र सचिव १० रहनेछन् । १० मध्ये ७ जना खुला र ३ जना महिला कोटाबाट हुनेछन् । अखिलको केन्द्रीय कमिटी वर्तमान अवस्थामा ५ सयभन्दा बढीको छ । अब अनेरास्ववियुले विधान अनुसार आगामी महाधिवेशनबाट १९९ सदस्यी कमिटी मात्रै बनाउन पाउने छ । जसमध्ये अध्यक्ष एक, महासचिव एक र कोषाध्यक्ष एक रहने व्यवस्था छ । ६६ सदस्यीय स्थायी कमिटी हुनेछ ।
वर्तमान अध्यक्ष सुनिता बराल एमाले केन्द्रीय सदस्य, समानुपातिक सांसदसँगै अन्य जिम्मेवारीमा समेत रहेका कारण अनिवार्य रुपमा नेतृत्वबाट बाहिरिने भएपछि महाधिवेशनबाट नेतृत्व लिने दौडमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरु झपिन्द्र खत्री, लोकेश निरौला, कल्पना वाईवा, वाङ्छु योन्जन, मोती बिक, उमेश आचार्य, महासचिव समिक बडाललगायत आकाङ्क्षी हुनुहुन्छ ।
अध्यक्षका आकाङ्क्षी लामिछाने र बडाल जनकपुरमा ०६७ मा सम्पन्न २० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनभएको थियो । लामिछाने अखिलमा निरन्तर लागिरहे पनि पटक–पटक अवसरबाट बञ्चित भएको नेताका रुपमा परिचित हुनुहुन्छ । आरआर क्याम्पसबाट राजनीतिमा सक्रिय लामिछाने अखिलमा अखिल चरित्र भएको नेताको रुपमा परिचित हुनुहुन्छ ।
राजनीतिमा लागेर अन्य सबै अवसर गुमाएका लामिछाने यो पटक पार्टीले मात्रै होइन अनेरास्ववियुका कार्यकर्ताले समेत न्याय गर्नेमा आशावादी हुनुहुन्छ । ‘योग्यता, क्षमताले मात्रै होइन मैले संगठनमा निरन्तर गरेको योगदानको मूल्याङ्कन यो पटक हुन्छ भन्नेमा म पूर्ण आशावादी छु,’ लामिछानेले भन्नुभयो, ‘म यो पटक अध्यक्ष नहुनुपर्ने कुनै कारण छैन ।’
राजनीतिमा लागेर अन्य सबै अवसर गुमाएका लामिछाने यो पटक पार्टीले मात्रै होइन अनेरास्ववियुका कार्यकर्ताले समेत न्याय गर्नेमा आशावादी हुनुहुन्छ । ‘योग्यता, क्षमताले मात्रै होइन मैले संगठनमा निरन्तर गरेको योगदानको मूल्याङ्कन यो पटक हुन्छ भन्नेमा म पूर्ण आशावादी छु,’ लामिछानेले भन्नुभयो, ‘म यो पटक अध्यक्ष नहुनुपर्ने कुनै कारण छैन ।’
त्रिचन्द्र कलेजमा स्ववियु सचिव हुँदा कमजोर अवस्थामा रहेको अनेरास्ववियुलाई चलायमान बनाउन बडालको भूमिका उल्लेख्य रहेको थियो । संगठनमा लामो योगदान गर्नुभएका बडाल अखिलमा बैचारिक नेताका रुपमा चिनिनुहुन्छ । उहाँ पनि यो पटक हरेक हिसावले आफू अध्यक्षका लागि योग्य भएको बताउनुहुन्छ । पाटन क्याम्पसका स्ववियु सभापतिको समेत जिम्मेवारी सम्हाली सक्नुभएका झपिन्द्र खत्री स्ववियु काउन्सीलको सचिवको रुपमा पनि काम गरिसक्नु भएको नेता हुनुहुन्छ । अलिखको कोषाध्यक्ष हुँदै उपाध्यक्ष हुनुभएका खत्री पनि योग्यता, क्षमता र मापदण्डका हिसाबले अखिल अध्यक्षमा हुन योग्य रहेको बताउनुहुन्छ ।
निरौला, योञ्जन, विक र वाइवा पनि अखिलमा लामो समयदेखि निरन्तर खट्दै आउनु भएका नेता–नेतृहरु हुनुहुन्छ । उहाँहरुले पनि अध्यक्षका लागि बलियो दाबेदारी राख्दै आउनु भएको छ । अध्यक्षपछिको शक्तिशाली मानिएको महासचिवमा पनि यो पटक धेरैले आकाक्षां देखाएका छन् । अखिलको अध्यक्षमा भन्दा पनि महासचिवमा बढी प्रतिस्पर्धी देखिएका छन् ।
अध्यक्षपछिको कार्यकारी पद भएका कारण महासचिवमा सबैको आँखा लागेको हो । अहिले उपमहासचिव रहनु भएका नरेश रोकाया, सुदर्शन शिवाकोटी, नारायण घर्ती, गोविन्द गिरी, भाष्कर खनाल र सचिव धर्म गिरीले महासचिवका लागि दाबी गर्नुभएको छ । बाजुरा स्थायी घर भएका रोकाय अहिले प्रचार विभाग प्रमुख हुनुहुन्छ । अखिलमा जुझारु नेताको छवि बनाउनु भएका रोकाय निर्भीक स्वाभावका हुनुहुन्छ ।
विदेश विभाग प्रमुख रहनुभएका सिवाकोटी लामो समयदेखि अखिलको राजनीतिमा सक्रिय उहाँले महेन्द्ररत्न क्याम्पस ताहाचलबाट आफ्नो राजनीतिक करियर अघि बढाउनु भएको हो । स्ववियुको समेत जिम्मेवारीमा रहनु भएका सिवाकोटी कार्यकर्ताका बिचमा लोकप्रिय हुनुहुन्छ ।
विदेश विभाग प्रमुख रहनुभएका सिवाकोटी लामो समयदेखि अखिलको राजनीतिमा सक्रिय उहाँले महेन्द्ररत्न क्याम्पस ताहाचलबाट आफ्नो राजनीतिक करियर अघि बढाउनु भएको हो । स्ववियुको समेत जिम्मेवारीमा रहनु भएका सिवाकोटी कार्यकर्ताका बिचमा लोकप्रिय हुनुहुन्छ
संगठन विभाग प्रमुख रहनु भएका नारायण घर्ती, प्रकाशन विभाग प्रमुख रहनु भएका खनाल, शैक्षिक विभाग प्रमुख रहनु भएका गिरी र विश्वविद्यालय समन्वय प्रमुख रहनु भएका धर्म गिरी पनि अखिलमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आउनु भएको छ । उहाँहरु पनि अखिलमा कुशल संगठक र बैचारिक नेताका रुपमा परिचित हुनुहुन्छ ।
उपाध्यक्षमा अहिलेसम्म गण्डकी प्रदेश इञ्चार्ज समेत रहनु भएका वर्तमान सचिव सुजन भट्टराई, कार्यालय विभाग प्रमुखको समेच जिम्मेवारीमा रहनु भएकी सचिव मर्यादा विष्ट र कोषाध्यक्ष जेनिश लामाले आकाक्षां देखाउनु भएको छ । विष्ट र भट्टराई लामो समयदेखि संगठनमा निरन्तर सक्रिय रहँदै आउनु भएको नेता हुनुहुन्छ । आरआर क्याम्पसका स्ववियु सभापति एवं सिनेट सदस्य समेत रहनु भएका तपेन्द्रजंग शाहीले पनि उपाध्यका लागि आकाङ्क्षा देखाउनु भएको छ । उहाँ पनि अहिले सचिव हुनुहुन्छ ।
उहाँहरु बाहेक अध्यक्ष र महासचिवमा दाबी गरिरहेका अनुहारहरु मध्येबाटै उपाध्यक्ष पदमा दाबी रहने बुझिएको छ ।
सचिवका लागि प्रकाश पौडेल, पंकज भण्डारी, प्रकाश भुजेल, नरेन्द्र न्यौपाने, सागर भट्ट, ओमप्रकाश घिमिरे, नवराज ढकाल, जयराम बास्तोला, गोविन्द थपलिया, विरेन्द्र रावललगायतले आकाङ्क्षा देखाउनु भएको छ । अनेरास्ववियु काठमाडौं महानगरका इञ्चार्ज गौगात कार्की पनि सचिवको आकाङ्क्षी हुनुहुन्छ । उहाँहरु आ–आफ्नो क्षेत्रका लागि योग्य उम्मेदवार हुनुहुन्छ । सजिना थापा मगरको पनि सचिवका लागि सम्भावना छ । सचिवलय सदस्य एवं सीटीभीटीईका उपत्यका इञ्चार्ज आकाश घर्तीमगरले पनि सचिवको दाबी गर्नुभएको छ ।
प्रदेशगत रुपमा सचिवका दाबेदार
सचिवका लागि सुदुरपश्चिम प्रदेशबाट प्रदेश अध्यक्ष मनोज राई, चुडामणि भट्टलगायतले दाबी गर्नुभएको छ ।
त्यसैगरी कर्णाली प्रदेशबाट नविन योगी, घनश्याम पुन, प्रेम खड्का, हितेन्द्र शाहीलगायतले आकाक्षां देखाउनु भएको छ ।
लुम्बिनी प्रदेशबाट सरोज पोखरेल, विनोद भण्डारी, टुकलाल गैरै, जितबहादुर रोकाय, मोहित साहलगायतले आकाक्षां देखाउनु भएको छ ।
गण्डकीप्रदेशबाट प्रकाश पौडेल, आर्शिवाद सुवेदी, रिता ढकाल, आरके पोखरेललगायतको दाबी छ ।
बागमती प्रदेशबाट सबै भन्दा बढीको आकाक्षां रहेको छ । पंकज भण्डारी, प्रकाश भुजेल, नरेन्द्र न्यौपाने, सागर भट्ट, सचिवालय सदस्य नवराज ढकाल, जयराम बास्तोला, गोविन्द थपलिया, विरेन्द्र रावल, सन्तोष राना क्षेत्री, सन्तोष पौडेल, विनिता काफ्ले, भुषण सुवेदी, मदन विष्ट, शालिग्राम पराजुली, विनायक आचार्य, हिरा चौलागाईँ, सुरेस अधिकारीकारी, सञ्जय दवाडी, दिपेश प्रसाईँ, अभिषेक सुवेदी, रमेश श्रेष्ठलगायत रहेका छन् ।
मधेस प्रदेशबाट अञ्जना सिवाकोटी, रवि मिश्र, सरोजबाबु न्यौपाने, उज्जल कार्कीलगायत रहेका छन् ।
प्रदेश एकमा ओमप्रकाश घिमिरे, मनोज चाम्लिङ, सञ्जु पाण्डे, गोकर्ण घिमिरे, जिवी गजल, ईश्वरी तामाङ, निता घतानीलगायतको चर्चा छ । कोषाध्यक्षमा स्थायी कमिटी सदस्यहरु सुजन कार्की, सजिना थापा मगर, प्रज्ज्वल फुयाललगायतले तयारी गरेका छन् ।