टर्कीमा फेरि गयाे शक्तिशालि भूकम्प, नयाँ भुकम्पमा तीनकाे मृत्यु छ सय भन्दा बढी घाइते

काठमाडौं, ९ फागुन । टर्कीमा सोमबार राति फेरि शक्तिशालि भूकम्प गएको छ । टर्कीकाे दक्षिणी क्षेत्र सिरियासँग सीमा जोडिएको देशमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको छ भने ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर केही हप्ता अगाडिमात्रै ७.८ म्याग्निच्युडको शक्तिशालि भूकम्प जाँदा टर्की र सिरियामा गरेर ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।

उक्त शक्तिशालि भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ ।

भूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ । ती भग्नावशेषमा मानिसहरू फसिरहेका छन् । उनीहरूको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।