एसियन हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्नुहाेस नतिजा

काठमाडौं, १४ फागुन । एसियन हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार बाँडफाँट भएको छ।

बाँडफाँट भएको यस आइपीओमा ६९ हजार ७२० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्।

आइपीओका लागि कुल १४ लाख ३२ हजार २२२ जना आवेदकले आवेदन दिएकामा ६ हजार ५०२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो। यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याएको थियो।

जसमध्ये १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ। यस्तै, ५ प्रतिशत सामूहिक लगानी कोष र २ प्रतिशत कर्मचारीहरुलाई छुट्याइएर बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो ।

रेटिङ एजेन्सी केयर नेपालले एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।