सडक नभएको ठाउँमा पुल बनाउने यातायात मन्त्रालयका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १४ फागुन । सडक नभएको ठाउँमा पुल बनाउने यातायात मन्त्रालयका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हाे ।
गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३ जरेवरस्थित दरौदी नदीमाथि बाटो नभएको स्थानमा पुल बनाएर जनताको करको पैसा दुरुपयोग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।
उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।