माई खोला हाइड्रोकाे आइपिओ फागुन २५ गतेदेखि निष्कासन हुने

काठमाडाैं, १५ फागुन । माई खोला हाइड्रोपावरले फागुन २५ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।

यस्तै, सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

उक्त आइपिओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म पूर्ण आवेदन नपरेमा आयोजन प्रभावित स्थानीय बासिन्दाहरूले भने चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *