नेप्से परिसूचक ३.८१संगै कारोबार रकम पनि घट्यो

काठमाडाैं, १६ फागुन । मंगलबार नेप्से परिसूचक ३.८१ अंक घटेर २०१९.७३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६२ स्टकको २८ हजार ६८४ पटकको कारोबारमा १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार रुपैयाँ बराबरको ३९ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से र कारोबार रकम दुबै घटेपनि यस दिन तीन स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधिखोला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन १० प्रतिशत बढेको हो।

यस दिन धेरै स्टकहरुको शेयरमूल्य घटेपनि गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन प्रिमियर इन्स्योरेन्स, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, सामलिङ्ग पावर र तारागाउँ रिजेन्सी होटल्सको शेयरमूलय साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ। यस दिन लगानी, जलविद्युत, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।