नेप्से परिसूचसंगै कारोबार रकम पनि घट्याे बुधबार

काठमाडाैं, १७ फागुन । बुधबार नेप्से परिसूचसंगै कारोबार रकम पनि घटेकाे छ । यस साताको सोमबारदेखि नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि दैनिक घटिरहेको हाे।
बुधबार नेप्से परिसूचक २४.४४ अंक घटेको छ। यससँगै कारोबार रकम पनि घटेर १ अर्ब २८ करोडमा झरेकाे छ।
बुधबार सेन्सेटिभ इण्डेक्स ३.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६८ अंक घटेको छ। यस दिन २५७ स्टकको २६ हजार ४५४ पटकको कारोबारमा १ अर्व २८ करोड ८३ लाख ६३ हजार रुपैयाँ बराबरको ३७ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन आदर्श लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बजार घटेपनि सो लघुवित्तको शेयरमूल्य यस दिन १५१ रुपैयाँ २० पैसा बढेर १ हजार ६६३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।
त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशत बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को शेयरमूल्य यस दिन सर्वाधिक ९.६१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ७२ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको करिब साढे ८ करोडको शेयर कारोबार भएको छ।
यस दिन १३ वटै उपमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा , निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।