होली पर्व
आज रङ्ग र पानीसँग खेल्ने होली पर्व : होली पर्व मनाउँदै गरेका ५० तस्बीरहरु

काठमाडौं, २२ फागुन । आज रङ्ग र पानीसँग खेल्ने होली पर्व । जाडो महिना सकिएर बर्खा शुरु भएसँगै मनाइने पर्व भएकोले यसमा एकले अर्कोलाई पानीले छ्यापेर र रंग दलेर रमाइलो गर्ने गरिन्छ ।
काठमाडौंमा होली पर्व आठ दिनसम्म चल्ने परम्परा छ । गत अष्टमिका दिन बसन्तपुरमा चीर ठड्याई होलीको संकेत दिइसके पछि यो पर्व आज पूर्णिमासम्म चल्ने गरिन्छ । आज होली पर्वको मुख्य दिन भएकोले विशेष रूपमा मनाउने गरिन्छ ।
आज बिहानैदेखि चोक चोकमा वा घर कम्पाउण्ड भित्र एक आपसमा रङ्ग र पानी छ्यापेर होली खेल्ने गरिन्छ । होली पर्वमा खास गरी अनुहारभरि अबिर दलेर खेल्ने चलन छ । (आज होली पर्व मनाउँदै गरेका ५० तस्बीरहरु । )