एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

काठमाडाैं, २३ फागुन । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७५ प्रतिशतका दरले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

फागुन २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *