राताम्य बनेकाे बजारमा पाँचाैं काराेबारपछि १४.४१ अंककाे हरियाली
काठमाडाैं, १३ फागुन । निरन्तर पाँचाैं कारोबार ओरालो लागेको नेप्सेमा आज १४.४१ अंककाे हरियाली छाएकाे छ । यस साताको दोस्रो कारोबार दिन भने उकालो लागेको हो।
यस दिन नेप्से परिसूचक १४.४१ अंक बढेर १९५२.६६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक बढेको छ।
यस दिन २६१ स्टकको २४ हजार ३७३ पटकको कारोबारमा १ अर्ब २० करोड ४४ लाख ९ हजार रुपैयाँ बराबरको ४० लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
मंगलबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शुभम पावर र सुपर मादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यसैगरी, यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को मूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन सिवाईसी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.१८ प्रतिशत घटेको छ। अन्य स्टकहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने छिमेक लघुवित्तको करिब साढे ५ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ।