तोलामा १ हजार रूपैंया घट्यो सुनको मूल्य

काठमाडौं, २४ फागुन । नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको छ।

आजकाे बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।