माई खोला हाइड्रोपावरकाे आइपीओ बिहीबारदेखि

काठमाडौं, २४ फागुन । माई खोला हाइड्रोपावरकाे आइपीओ बिहीबारदेखि जारी गर्ने भएको छ।

कम्पनीले भो‍लि फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्ने लागेकाे हाे ।

कम्पनीले इलाम जिल्लाका स्थानीयलाई जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १ ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता सेयर बिक्री खुला गर्न लागेको छ।

यस्तै, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १ लाख ५२ हजार ९४१ कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ।

यद्दपि, स्थानीयले भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म सेयर भर्न पाउनेछन्।

यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ। यस्ले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउछ ।

आइपीओमा स्थानीयले प्रभु बैंक, सेन्चुरी बैंक तथा प्राइम कमर्सिल बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौँ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी-आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *