यमनमा डुङ्गा दुर्घटना, एक्काइस जनाको मृत्यु

एजेन्सी, २४ फागुन । यमनमा डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।
मङ्गलबार भएको सो दुर्घटनामा २१ जनाको ज्यान गएको प्रहरीले जनाएको हो । यमनको उत्तरी रेड सीमामा सो डुँगा दुर्घटना भएको हो ।
उक्त डुङ्गा मा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।
उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुङ्गा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ ।
आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुङ्गा डुबेको हो ।
डुङ्गा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जिवीतै उद्धार गरेर अस्पताल पुर्याइएको छ ।