चीनमा सी जिनपिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति चयन
एजेन्सी, २६ फागुन । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति निर्वाचित भएका छन् ।
शुक्रबार नेशनल पिपुल्स कंग्रेसले मतदानमार्फत् ६९ वर्षीय चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित गरेकाे समाचार संस्था रोयटर्सले जनाएकाे छ ।
उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।
योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।
