हामी अन्य पार्टीजस्तो फोहोरी खेलमा लाग्दैनौं : अध्यक्ष ओली

काठमाडौं, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु फोहोरी खेलमा सामेल नहुने बताउनुभएकाे छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टीनिकट नेपाल खेलकुद महासंघको सपथग्रहण समारोहमा संबोधन गर्नुहुँदै अध्यक्ष ओलीले अरु पार्टीहरु क्षणिक स्वार्थका लागि फोहोरी खेलमा लागेको भन्दै आफूहरु त्यस्ताे खेलमा सामेल नहुने बताउनुभएकाे हाे ।

अध्यक्ष ओलीले भन्नुभयाे,’हामीले हाम्रै आन्दोलनमा देखेका छौं, फउल खेल्नेहरुले दुई तिहाईमा पुगेको पार्टीलाई कमजोर बनाए। दुई तिहाईको हैसियतमा पुगेको आन्दोलनलाई विभाजित गराए।‘हामी अन्य पार्टीजस्तो क्षणिक फोहारी खेलमा सामेल छैनौं, सामेल हुँदैनौं ।’

एमाले देश बनाउन लागेको र देश बनाएपछि मात्र विश्राम लिने भन्दै आफूहरु म्याराथन दौडमा रहेको उहाँले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *