इक्वेडरमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
एजेन्सी, ५ चैत्र । दक्षिण अमेरिकी देश इक्वेडरमा शक्तिशाली भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।
भूकम्पबाट मृत्यु हुनेमा इक्वेडरमा १३ र पेरुमा एक जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीय समय अनुसार हिजो साँझ ५ बजे गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि धेरै शहरका भवनहरू क्षतिग्रस्त भएका छन्।
भूकम्पले भत्किएका घरमा केही मानिस फसेको आशंका गरिएको छ। भूकम्पको धक्का मनाबी, मान्ता र राजधानी क्विटोलगायत सहर र छिमेकी देश पेरुमा समेत परेको छ।
