राहुल गान्धीको सांसद पद खारेज

काठमाडौं, १० चैत । भारतको राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको लोकसेवा सदस्य पद खारेज भएको छ । उहाँ अब लोकसभाको सदस्य पनि रहनुभएन ।

गुजरातको सुरत अदालतले उहाँलाई हिजो मात्रै दुई वर्षको जेल सजाय सुनाएको थियो । उहाँमाथि जेल सजाय सुनाए सँगै लोकसभा सदस्य बन्न योग्य नभएको भन्दै उहाँको सांसद पद पनि खारेज भएको हो ।

राहुल गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य बन्नुभएको थियो । सोही चुनावका बेला कर्णाटकको कोलारमा भएको एउटा चुनावी सभामा सम्बोधन गर्दै उहाँले ‘निरभ मोदी, ललित मोदी, नरेन्द्र मोदी….. सबै चोरको थर मोदी नै कसरी भएको होला ?’ भनी बोल्नुभएको थियो ।

उहाँको उक्त भनाइका विरुद्ध भाजपाका सांसद पुर्णेश मोदीले आफ्नो अपमान भएको भन्दै अदालतमा मुद्दा हालेका थिए ।

सोही मुद्दाको फैसल गर्दै हिजो सुरतको अदालतले गान्धी विरुद्ध दुई वर्ष कैदको सजाय सुनाएका थिए । हाल धरौतीमा छोडिनुभएका उहाँलाई आफूमाथि लागेको कैदको सजाय विरुद्ध पुनरावेदन गर्न ३० दिनको समय दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *