अमेरिकी दुई वटा सैन्य हेलिकप्टर केन्टकीमा दुर्घटना

एजेन्सी, १६ चैत्र । अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् ।

सेनाका दुई वटा एचएच–६० ब्ल्याक हक हेलिकप्टर नियमित अभ्यासका क्रममा बुधबार राति एकआपसमा ठोक्किएर दुर्घटना भएकाे अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।

दुर्घटना पछि चालक दलका सदस्यको अवस्था अज्ञात छ । दुर्घटनाको अनुसन्धान भइरहेको छ । केन्टकीका गभर्नर एन्डी वेशियरले हताहतीको अपेक्षा गरिएको जनाउँदै प्रहरी र आपत्कालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *