सगरमाथा हिमपहिरोमा परी तीन आरोही बेपत्ता

काठमाडाैं, २९ चैत्र । सगरमाथा आरोहणका क्रममा तीन आरोही बेपत्ता भएका छन् ।

पर्यटन विभागकाअनुसार बुधबार बिहान आरोहणका क्रममा हिमपहिरोमा परी डा. छिरी शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा बेपत्ता भएका हुन्।

बेपत्ता भएकाहरूकाे खोजी र उद्धार जारी रहेकाे छ । उद्धारका लागि अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको विभागका निर्देशक युवराज खतिवडाले बताए ।

उनीहरूकाे स्थलमार्गबाट समेत खाेजीकार्य भइरहेकाे छ । सगरमाथा बेस क्याम्प र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको विभागले बताएको छ।