कोरोना संक्रमणबाट चितवनमा एकको मृत्यु

चितवन, ३ वैशाख । कोरोना संक्रमणका कारण चितवनमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उहाँलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङक्रमणका कारण उहाँको शनिबार मृत्यु भएको हो । जिल्लामा अहिले दशजना सक्रिय सङ्क्रमित छन् ।

कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक/एक रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेशनमा छन् ।