साताको अन्तिम दिन नेप्सेमा झिनाे अंककाे गिरावट

काठमाडाैं, १४ वैशाख । साताको अन्तिम दिन नेप्सेमा झिनाे अंकले घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक २.२७ अंक घटेर १८८९.७३ विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.४६ अंक र फ्लोट इण्डेक्स ०.०९ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २६९ स्टकको २१ हजार ८५१ पटकको कारोबारमा ७३ करोड ९६ लाख रुपैयाँ बराबरको २१ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने तारागाउँ रिजेन्सी होटल र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन एनआईबिएल ग्रोथ फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन एनएमबि बैंकको ऋणपत्रको मूल्य साढे ९ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, यस दिन नबिल बैंक र शिवम् सिमेन्ट्सको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशत बढेको छ।