एमालेका कार्यकर्ता बेइमान हुँदैनन्, बेइमान छ भने त्यो एमालेको कार्यकर्ता होइनः ओली (भिडियो रिपोर्ट)
काठमाडौं, १९ वैशाख । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देश भयावह अवस्थाबाट गुज्रिने स्थितिमा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले मिशन ग्रासरुट अभियानका क्रममा आयोजना गरेको सम्मान तथा प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो ।
उहाँले अहिलेको सरकारलाई देशको चिन्ता नरहेको भन्दै नीति तथा कार्यक्रम विगारेर ल्याउने र भ्याडभ्याडभ्याड पारेर बहुमतका नाममा पारित गर्ने खतरा रहेको बताउनुभयो । उहाँले अहिलेको सरकारका पालमा भएको भनेको मृल्यबृद्धि मात्रै भन्दै व्याङ्ग्य गर्नुभयो ।
ओलीले अहिलेको सरकारलाई निरोको संज्ञा दिनुभयो । ‘अहिलेका सत्तासिनहरु रोममा आगो लागिरहेको छ । निरो बाँसुरी बजाइरहेको छ भन्ने जस्तै यिनीहरु बाँसुरी बजाइरहेका.छन्,’ उहाँले भन्नुभयो, ‘सत्ता बाहेक यिनीहरुलाई अरु थाहा छैन ।’ उहाँले मिशन ग्रासरुट अभियान जहाँ नेपाली त्यहाँ एमाले भन्ने अभियान भएको बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकार रहेका बेला देशमा विकास र समृद्धिको खाका कोरिएको भन्दै एमाले नेतृत्वको सरकारका पालामा वर्षमा १० किलोमिटर बाटो कालोपत्रे हुने अवस्थालाई चिर्दै एमालेले आफ्नो पालामा दिनमा ६ किलो मिटर बाटो कालोपत्रे गर्ने गरेको स्मरण गराउनुभयो ।
उहाँले आफू विभिन्न कार्यक्रम लिएर पूर्वी तराइ र पहाडका जिल्लाहरुको भ्रमणमा रहेका बेला ढुंगामुढा गर्ने, हिंसा भड्काउने काम गरेको स्मरण गराउँदै केही वुद्धिजिवी भनाउँदाहरुले त्यसको आलोचना गर्नुको साटो केपी ओलीसँग हिसावकिताव छ भन्दै भ्रम फैलाउने काम गरेको भन्दै कढा आलोचना गर्नुभयो ।
नेकपा एमाले अहिले पनि प्रमुख पार्टीका रुपमा रहेको भन्दै ओली पार्टीलाई हराउन खोजेकोमा, निस्कृय बसेकोमा गौरव नगरे हुन्छ भन्दै एमालेमा बेइमान नचल्ने बताउनुभयो । बेइमानहरु एमालेमा नरहने पनि उहाँले बताउनुभयो । उहाँले इमान र निष्ठाको बाटोमा हिड्न आग्रह गर्नुभयो । उहाँले एमालेलाई आगामी निर्वाचनमा एक्लै हरेक वडामा ५१ प्रतिशत भन्दा माथि ल्याउने पार्टीका रुपमा थप बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले कार्यक्रमलाई सम्वोधन गर्दै ४०, ३५ र ३० मुनीका युवालाई एमालेप्रति विश्वास जगाउने गरी सबै वडासम्म नै पार्टी पङ्क्ति खट्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।