राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

नवदुर्गाका प्रतीक

काठमाडौँ,  कात्तिक ३  । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजार्चना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित परम्पराअनुसार नौ जना कन्याको पूजा गर्नुभएको हो । उहाँले नवकन्याका गोडा धोएर टीका लगाइदिनुका साथै उपहारसमेत प्रदान गर्नुभएको थियो ।

नवरात्रका अवसरमा नवदुर्गाका प्रतीकका रूपमा नौ जना कन्याको पूजाआराधना गर्ने धार्मिक परम्परा छ । दुर्गा भगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको पूजा गरिन्छ ।

नेपाली हिन्दू परम्परामा नवकन्यालाई देवी दुर्गाका प्रतीकका रूपमा सम्मान गर्दै पूजाआराधना गर्ने चलन छ । महानवमी तथा नवरात्रका विभिन्न अवसरमा नवकन्याको पूजा गरी दक्षिणा र उपहार प्रदान गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *