अफ्रिकी मुलुक सुडानबाट फर्किए १९ नेपाली

काठमाडाैं, २० वैशाख । अफ्रिकी मुलुक सुडानमा रहेका १९ जना नेपाली त्यहाँबाट फर्किएका छन्।

आन्तरिक युद्धमा फसेको सुडानमा दुई सुरक्षा निकायबीच अहिले द्वन्द्व चर्किएको छ। द्वन्द्व चर्किएपछि नेपालीहरू फसेका थिए ।

परराष्ट्र मन्त्रालयले इजिप्टको कायरोमा रहेको नेपाली दूतावासमार्फत् सुडानमा रहेका नेपालीहसँग सम्पर्क गरेको थियो।

मन्त्रालयकाे सम्पर्क पश्चात इजिप्टस्थित दूतावासकै पहलमा सुडानमा रहेका १९ जना नेपालीलाई साउदी सरकारको सहयोग पानीजहाजबाट जेद्दा सहरमा ल्याइएको हो।

तीमध्ये ६ जना युएईमै बस्ने भएका छन् भने बाँकी १३ जना नेपाल फर्कने भएका हुन्।

बाँकी भएका १३ जनामध्ये ८ जना बुधबार राति नै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ भने बाँकी ५ जना बिहीबार आइपुग्ने जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *