पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

एजेन्सी, २६ वैशाख । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेका छन् ।

इस्लामावादस्थित हाई कोर्ट बाहिरबाट प्रहरीले खानलाई पक्राउ गरेको हो । खानलाई अदालत परिसरबाट पक्राउ गरिएको जनाएकाे छ।

खानलाई अल–कादिर ट्रस्ट प्रकरणमा पक्राउ गरिएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनी पक्राउ परेपछि इस्लामावादमा धारा १४४ लगाइएको र त्यसको उल्लंघन गरे कारबाही हुने प्रहरीले चेतावनी दिएको छ।