नेप्सेमा सामान्य अंककाे गिरावट

काठमाडाैं, २८ वैशाख । साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य अंककाे गिरावट आएकाे छ । नेप्से यस दिन ३.३४ अंक घटेर १८३८.५९ विन्दुमा पुगेकाे छ साथै सेन्सेटिभ इण्डेक्स ०.७१ अंक घटेको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५९ स्टकको १६ हजार २०४ पटकको कारोबारमा ५७ करोड ८४ लाख रुपयाँ बराबरको २१ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन सिटिजन्स म्युचुअल फण्ड १, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, इष्टर्न हाइड्रोपावर र कुमारी इक्विटी फण्डको मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन फरवार्ड लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.९९ प्रतिशत घटेको छ। त्यस्तै, बाराही हाइड्रोपावरको शेयरमूल्य यस दिन साढे ५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३ करोड १५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन तीन उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ।