मोचा आँधीमा परी म्यान्मामा एकासी जना रोहिङ्गियाकाे मृत्यु

एजेन्सी, ३ जेठ । म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ ।

अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ८१ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।

आँधीका कारण एक सयभन्दा बढी हराइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने बुमा गाउँका प्रमुख कार्लोले बताएका छन् ।

सिट्टे नजिक विस्थापित रोहिङ्गिया शरणार्थी शिविर तथा ओन ताव छे गाउँ, ओव गीलगाएतका स्थनमा ज्यान गुमाएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै एमआरटिभीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *