आन्तरिक ऋण उठाउन सरकार २ अर्बको ट्रेजरी विल्स विक्री गर्दै

काठमाडाैं, ७ जेठ । सरकारले आन्तरिक ऋण उठाउन ट्रेजरी विल्स विक्री गर्न लागेकाे छ।

केन्द्रीय बैंक मार्फत सरकारले सोमबार ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी विल्स जारी तथा नविकरण गर्ने भएको हो।

कुल ३४ अर्ब २० करोडमध्ये ९१ दिन अवधिको २ अर्ब रुपैयाँ नयाँ ट्रेजरी विल्स बिक्री गर्न लागेको छ भने बाँकी ३२ अर्ब २० करोड ३२ लाख रुपैयाँ नविकरण गर्न लागेको छ ।

नविकरण गर्न लागेको विल्समध्ये २८ दिने १० अर्बको, ९१ दिनेको २ अर्ब २३ करोड ३२ लाखको, १८२ दिने १२ अर्ब ४७ करोड र ३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँको रहेको छ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुनेछ ।

केन्द्रीय बैंकको इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकले समेत बोलकबोलमा भाग लिन सक्नेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *