एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
एजेन्सी, ७ जेठ । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
रङ्गशालामा समर्थकहरू प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको सिएनएनले जनाएको छ ।
प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्याइएको छ ।
प्रहरीले सार्वजनिक गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् ।