सरकारी र सामूदायिक विद्यालयका विद्यार्थीलाई विद्यूतीय पाठ्यक्रम

काठमाडौं, १५ जेठ । सरकारकाले शैक्षिक सत्र सुरु हुनु अघि नै सरकारी र सामूदायिक विद्यालयका विद्यार्थीलाई विद्यूतीय पाठ्यक्रम र पाठ्य पुस्तक उपलब्ध गराउने लक्ष्य लिएको छ ।

त्यसका लागि तीन अर्व ५८ करोड बजेट विनियोजन गरेको आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । आधारभूत तहका शैक्षिक योग्यता पुगेका शिक्षकलाई माथिल्लो तहको रिक्त दरबन्दीमा समायोजन र स्तरोन्नती गरिने पनि उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयका शिक्षकसँग स्थानीय तहको कार्य सम्पादन गरी त्यसलाई वृद्धि विकाससँग आवद्ध गर्ने व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो ।