भारतको जम्मुमा बस दुर्घटना, ७ को मृत्यु १२ जना घाइते
एजेन्सी, १६ जेठ । भारतको जम्मुमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
अमृतसरबाट कटरा जाँदै गरेको यात्रुवाहक बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ ।
घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर रहेकाे र उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ ।