संसदमा प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्तिः सीमा साटफेरको कुरा मैले गरेको होइन

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री प्रचण्डले सीमा सम्बन्धी समस्या समाधानमा मुख्य गरेर लिपुलेकदेखि, कालापानी, लिम्पियाधुरालाई बिंगलादेश मोडलमा गएर साटफेर गर्ने विषयमा आफूले दिएको अभिव्यक्तिलाई अतिरञ्जना गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

आज संसदमा सम्वोधन गर्दै उहाँले यस्तो आक्रोश पोख्नु भएको हो । ४० मिनेट भन्दा बढी सम्वोध गर्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । करी २५ मिनेट जति भारत भ्रमणका विषयमा बोल्नु भएका प्रधानमन्त्री प्रचण्डले त्यसपछि करीब १५ मिनेट जति यहि विषयलाई लिएर बोल्नुभयो ।

उहाँले आफुले कतै पनि नेपाली भूमि साटफेर गर्ने कुरा नगरेको भन्दै आफ्नो बचाउ गर्नुभयो । ‘म यो सम्मानित सदनलाई पूरै जिम्मेवारी र गम्भीरताका साथ भन्न चाहन्छु । मैले बढो प्रष्टताका साथ यी समस्यालाई समाधान गर्नैपर्छ । जवसम्म सीमाको समस्या समाधान हुँदैन तबसम्म नेपाल–भारत सम्बन्धन सहज हुन सक्दैन भनेर प्रष्टसँग भनेको हुँ,’ उहाँले भन्नुभयो, ‘यति प्रष्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर राखिएको मेरो बुझाइमा यो पहिलो पटक हो । भारतको प्रधानमन्त्रीको हैसियतले सीमा समस्या हल गरिन्छ र नेपाल–भारत सम्बन्ध हिमालको उचाइमा पुर्याइन्छ भनेर बोलिएको पनि यो पहिलो पटक नै हो । यसमा स्थायीरुपमा सीमा समस्या हल होस भनेर चाहेका छौँ । ती सबै नेपाली नेपालीले गर्व गर्नुपर्छ ।’

प्रचण्डले आफूले बोलेका सबै रेकर्ड रहेको भन्दै सबैलाई प्रष्ट हुन आग्रह गर्नुभयो । ‘मैले बोलेको कुरा के–हो भने नेपालका केही बुद्धिजिवीहरुले विभिन्न रुपमा गरेका अध्ययनका आधारमा उहाँहरुले भनेका कुरा यस्ता पनि छन् मात्रै भनेको छु,’ उहाँले भन्नुभयो, ‘मैले त नेपालको भूमि नेपालको हो भन्ने कुरा पहिला स्थापित हुनुपर्छ मात्रै भनेको छु । तर, केही बुद्धिजिवीले बंगलादेश मोडलको कुरा गरेका छन् भनेको हुँ ।’ प्रचण्डले नेकपा (एमाले) निकटकै बुद्धिजिवीले भनेको हो भन्दै आक्रोश व्यक्त गर्नुभयो । ‘बंगलादेश जाने बाटो पाउने हो भने हुन्छ भनेर भनेका छन् भनेर विज्ञहरुको कुरा हो भनेको हुँ,’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *