ट्युनिसियामा रेल दुर्घटना, दुई जनाको मृत्यु ३४ घाइते
एजेन्सी, ७ असार । ट्युनिसियामा रात्रिकालीन यात्रुवाहक रेल पटरीबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
ट्युनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार जनाएअनुसार मध्यरातको केही समयपछि सोसे प्रान्तको मसाकेन शहर नजिकै सो रेल पटरीबाट खसेपछि दुर्घटना भएको हो ।
उक्त रेल ट्युनिसियाको राजधानी ट्युनिसदेखि दक्षिणपूर्वी प्रान्त गाबेससम्मका लागि यात्रारत थियो । रेल दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको एसएनसीएफटीले जनाएको छ ।
