साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीसहित दुई जनाको मृत्यु
एजन्सी, १४ असार । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ ।
अलजजिरालेका अनुसार बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको हाे।
जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि कारमा आएका एक व्यक्तिले बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिराले उल्लेख गरेकाे छ ।
मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलेको छैन । घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको जनाएको छ ।