फ्रान्सको दङ्गामा पक्राउ पर्नेको सङ्ख्या ७१९ पुग्यो
एजेन्सी, १७ असार । फ्रान्सको दङ्गामा पक्राउ पर्नेको सङ्ख्या ७१९ पुगेकाे छ ।
फ्रान्समा प्रहरीले एकजना किशोरको हत्या गरेको विरोधमा आज पाचौं दिन पनि विरोध जारी छ ।
आन्तरिक मन्त्रालयका अनुसार विरोध प्रदर्शनीमा पक्राउ पर्नेको सङ्ख्या बढेर ७१९ पुगेको छ भने झण्डै १,३०० व्यक्तिलाई हिरासतमा लिइएको थियो ।
अघिल्लो रातको तुलनामा हिंसामा केही कमी आएको बताइएको छ ।