खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको उपचार निःशुल्क गर्ने

ओखलढुङ्गा, २४ असार । खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको उपचार निःशुल्क गर्ने भएको छ । पालिकाभित्रका १५ वर्ष मुनिका बालकालिकाको उपचार निःशुल्क गरिने भएको हो ।

सहिद गङ्गलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौंमा सउल नेसनल युनिभर्सिटी कजेल एण्ड मेडिकल साइन्सको सहकार्यमा खिजीदेम्बाका मुटुरोगी बालकालिकाको निःशुल्क उपचार गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक इन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

गाउँपालिकाले रोग पहिचान गरेका बालबालिकालाई यही असार २९ देखि आगामी साउन ५ गतेसम्म काठमाडौँमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले उपचारका लागि जाने बालबालिकालाई यातायातकोसमेत व्यवस्था गरिदिने भएको छ ।