भर्नुभयाे आइएमई लाइफको आइपीओ ? आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २५असार । सोमबार आइएमई लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ।

आइएमई लाइफ इन्सुरेन्सको आइपीओमा लगानीकर्ताले असार २५ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

इन्सुरेन्सले असार २१ गतेदेखि सर्वसाधारणलाई प्रिमियममा आइपीओ खुला गरेको हो। सीडीएसका अनुसार आइपीओमा असार २४ गते साँझ ५ः०५ बजेसम्ममा ९ लाख ४० हजार ८१२ जनाले १ करोड १७ लाख ६९ हजार ५० कित्ताका लागि आवेदन दिइसकेका छन्। यो मागभन्दा १.२२ गुणा बढी आवेदन हो।

यस कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०५ ले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो। यसले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको छ। यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ।

त्यस्तै, ५प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अथवा ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *