सीता दाहालको पार्थिव शरीर पेरिसडाँडा लगियो, श्रद्धाञ्जलीका लागि १ बजेसम्म पेरिसडाँडामा राखिने

काठमाडौं, २७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगिएको छ ।

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित प्रचण्डपत्नी सीताको ६९ वर्षको उमेरमा आज बिहान ८: ३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।

श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दिपशीखाले जानकारी दिनुभयो ।