सीता दाहालको पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम बिदाइ, प्रधानमन्त्री प्रचण्ड र दुई छोरीले दिए दागबत्ती
काठमाडौं, २७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल को अन्तिम संस्कार गरिएको छ ।
बुधबार बिहान नर्भिक अस्पतालमा निधन हुनुभएका दाहालको पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो ।
दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्ड र दुई छोरीले दागबत्ती दिनुभएकाे छ । दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो ।