सुन प्रकरणकमा पक्राउ पर्नेको संख्या १० पुग्याे

काठमाडाैं, ५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरेको छ। योसँगै सुन तस्करी आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको हाे ।

राजस्व अनुसन्धान विभागका अनुसार पछिल्लोचोटि पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन्। पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन्। उनलाई विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बोलाएको थियो। त्यस क्रममा उनको पनि संलग्नता देखिएको भन्दै पक्राउ गरिएको स्रोतले जनाएकाे छ । कृष्ण श्रेष्ठलाई भने कोटेश्वरबाट पक्राउ गरिएको हो।

मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमा ल्याइएको ‘ब्रेक शु’ मा सुन फेला परेको थियो। विभागले सुनको परिमाण यकिन गर्न राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ।

विभागले यो प्रकरणमा अहिलेसम्म ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेललाई पक्राउ गरेको छ। उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विभागले उच्च अदालत पाटनसँग अनुमति लिएको छ।

विभागका अनुसार चिनियाँ नागरिक लिन जेछियाङ पनि पक्राउ परेका छन्। अहिलेसम्म उनी नै यस प्रकरणका मुख्य भूमिकामा देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *